बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, तेस्रो त्रैमाससम्म कुन बैंकको नाफा कति ? - Chaitanya News
  • 2026-07-05
  • 18:12:27
  • आइतबार,आषाढ २१, २०८३
  • बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, तेस्रो त्रैमाससम्म कुन बैंकको नाफा कति ?

    बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, तेस्रो त्रैमाससम्म कुन बैंकको नाफा कति ?

    काठमाडौं– २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्।

    सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

    गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो। एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १।४० प्रतिशत बढेको हो। सार्वजनिक विवरणअनुसार नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ।

    यद्यपि वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ। सो बैंकको नाफा २१ गुणा बढेको छ। त्यस्तै एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ। सो बैंकको नाफा ९१.८ प्रतिशत घटेको छ।