काठमाडौं– गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन्। आज (शुक्रबार) पोखरामा प्रादेशिक आपतकालीन गोदामघरर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अहिलेको संविधान र व्यवस्थाको सुरक्षा प्रमुख जिम्मेवारी भएको उनको भनाइ छ।
यस्तै उनले पूर्वराजाका नाममा वा कुनै समूहका नाममा संविधानमा, व्यवस्थामा प्रहार गर्ने कुरा कुनै पनि हालतमा क्षम्य नहुने बताए ।
ठूलो बलिदानबाट यो संविधान र व्यवस्था बनेको गृहमन्त्री लेखकको भनाइ थियो।
साना साना संशोधन हुन सक्ने भए पनि कुनै पनि हालतमा पश्चगामी हुन नसक्ने गृहमन्त्री लेखकले बताए। ‘हामी संशोधन गर्छौंं, यो हुन्छ। सहमतिका आधारमा संविधान संशोधन गर्छौंं र लोकतान्त्रिक संघीयता व्यवस्थालाई बलियो बनाउँछौं,’ गृहमन्त्री लेखकले भने।