विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान - Chaitanya News
  • 2026-11-16
  • 18:16:30
  • सोमबार,मंसिर ०१, २०८३
  • विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान

    विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान

    काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ। आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै मन्त्रालयले योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने जानकारी दिएको हो।

    आवेदन दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३५ वर्ष पूरा भएको, आमसञ्चार, कानुन, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको र सो क्षेत्रमा कम्तीमा दस वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।

    योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित मन्त्रालयमा दरखास्त पेस गर्न सक्नेछन्।