आईपीएलमा आज बेंगलुरु र पञ्जाब भिड्दै - Chaitanya News
  • 2025-05-15
  • 16:13:19
  • बिहिबार,जेठ ०२, २०८२
  • आईपीएलमा आज बेंगलुरु र पञ्जाब भिड्दै

    आईपीएलमा आज बेंगलुरु र पञ्जाब भिड्दै

    काठमाडौं– भारतको बेंगलुरुको घरेलु मैदानमा एम चिन्नास्वामी रंगशालामा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक खेल मात्र हुने भएको छ।आज रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स आमनेसामने हुँदै छन्। खेल बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ।

    बेंगलुरु र पञ्जाब दुवै टोलीले यस सिजन हालसम्म समान ६ खेल खेल्दा समान ४ जित र २ हारसहित ८ अंक जोडेका छन्। नेट रनरेटको मात्र अन्तर रहँदा बेंगलुरु तेस्रो र पञ्जाब चौथो स्थानमा छन्।

    बेंगलुरुले दुवै हार घरेलु मैदानमा नै बेहोरेको छ। घरेलु मैदानमा यस सिजन जित निकाल्न नसकेको बेंगलुरुका लागि हारको ह्‍याट्रिक टार्ने दबाब हुनेछ। दुवै टोलीले आ(आफ्ना पछिल्ला खेल जितेर आएका छन्।

    आजको खेल जित्ने टोलीलाई शिर्षस्थानमा पुग्ने अवसर पनि छ। शीर्षमा रहेको दिल्लीको ६ खेलमा १० अंक छ। आजको खेल जित्ने टोली नेटरनरेटमा दिल्लीलाई पछि पार्दै शीर्षमा उक्लिन सक्छ। पञ्जाबलाई भने केही ठुलै अन्तरको जित आवश्यक हुनेछ।

    सुरुवातदेखि नै आईपीएल खेल्दै आएका र उपाधिविहीन रहेका यी दुवै टिम यसपटक लयमा देखिएका छन्। हालको अवस्थामा अंकतालिकामा रहेका शीर्ष ५ टोलीमध्ये ४ टोली उपाधि जित्न बाँकी टिम छन् भने सर्वाधिक उपाधि जितेका टिमहरू बटम हाफमा रहँदा यसपटक नयाँ टोलीका लागि उपाधि जित्ने अवसर बन्न सक्ने देखिएको छ।