आलुखेती गरेरै ३ महिनामा ८ लाख आम्दानी - Chaitanya News
  • 2026-07-05
  • 18:12:26
  • आइतबार,आषाढ २१, २०८३
  • आलुखेती गरेरै ३ महिनामा ८ लाख आम्दानी

    आलुखेती गरेरै ३ महिनामा ८ लाख आम्दानी

    सुनसरी– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका थिए। उनले सबै खर्चसहित ६ लाख खर्च गरेका थिए। त्यसबाट करिब १४ लाखको आलु उत्पादन भको बताए।

    तीन महिना मिहिनेत गरेर आलुखेतीबाट आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ। १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर आठ लाख आम्दानी भएको उनले बताए। ‘विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ। तथापि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौं। यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो’, मेहताले भने।

    यहाँका अधिकांश हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए। यहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु लगाउने गरिएको उनले बताए।

    समग्रमा वार्षिक रूपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।