सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, चाँदी कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-07-05
  • 19:48:40
  • आइतबार,आषाढ २१, २०८३
  • सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ– आज (बुधबार) नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको हो।

    यिहजो (मंगलबार) छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो। बुधबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ लाख ९५५ रुपैयाँ कायम भएको हो।