यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-05-03
  • 14:59:57
  • आइतबार,बैशाख २०, २०८३
  • काठमाडौँ– हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ। अहिले देशभरि बदलीको अवस्था छ भने, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक– दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार, बिहानको तुलनामा भने दिउँसो पानी केही बढी पर्नेछ। दिउँसो सबैजसो पहाडी भू–भागहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै तराईका एक दुई स्थानमा पनि वर्षाको सम्भावना छ। साथै उच्च पहाडी भू–भागहरूमा हल्का हिमपातको पनि सम्भावना छ।अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश हुने सम्भावना रहेकाले बिहीबार पहाडी भू–भागहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।