महाप्रसाद अधिकारीको हस्ताक्षरमा ५ को नयाँ नोट बजारमा आए - Chaitanya News
  • 2026-07-05
  • 19:48:40
  • आइतबार,आषाढ २१, २०८३
  • महाप्रसाद अधिकारीको हस्ताक्षरमा ५ को नयाँ नोट बजारमा आए

    महाप्रसाद अधिकारीको हस्ताक्षरमा ५ को नयाँ नोट बजारमा आए

    काठमाडौं– नेपाल राष्ट्र बैंकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने गरी साविककै आकार तथा रङमा ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरेर ५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नोट आज मंगलबारदेखि चलनचल्तीमा ल्याएको हो।

    आजदेखि चलनचल्तीमा ल्याइएको नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहने सूचनामा उल्लेख छ।

    यस्तै निवर्तमान गभर्नर अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं २०८१ लेखिएको हुनेछ।
    नोटको मध्य भागमा वन्य याक तथा हुम्लाको लिमी क्षेत्रको हिमाल चित्र रहने छ।

    यसअघि बैंकले २०७७ मंसिर १० देखि ५ रुपैयाँ दरका बैंक नोट संकेत नम्बर ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने सूचना प्रकाशित गरे पनि आज मंगलबादेखि संकेत नम्बर ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याएको सूचनामा उल्लेख छ।