यस्तो छ आजका लागि तरकारी र फलफुलको थोक मूल्य - Chaitanya News
  • 2026-07-05
  • 19:48:39
  • आइतबार,आषाढ २१, २०८३
  • यस्तो छ आजका लागि तरकारी र फलफुलको थोक मूल्य

    यस्तो छ आजका लागि तरकारी र फलफुलको थोक मूल्य

    काठमाडौं– आज (मंगलबार) का लागि कालीमाटी फलफूत तथा तरकारी बजार विकास समितले तरकारी र फलफुलको थोक मूल्य तोकेको छ । जसअनुसार, आज आज केही सागसब्जी र फलफूलको भाउ घटेको छ। आज तिते करेला, लौका, डल्ले च्याउ, अमला र लप्सी लगायतको भाउ घटेको छ ।

    समितिले निर्धारण गरेको मूल्य सूची अनुसार आज तिते करेला ५५ बाट घटेर ५० रुपैयाँ किलोमा कारोबार भएको छ भने लौका ४५ बाट ३५ मा झरेको छ।

    आज डल्ले च्याउको मूल्य किलोको २९६ रुपैयाँ ६७ पैसामा निर्धारण गरिएको छ। सोमबार ३७६ रुपैयाँ ६७ पैसा रहेको थियो।

    आज लप्सी ९५ बाट ८५ र अमला किलोको १२५ बाट ११० मा घटेको छ।