आजको मौसम: कोशी र मधेश प्रदेशमा वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-03
  • 15:00:59
  • आइतबार,बैशाख २०, २०८३
  • आजको मौसम: कोशी र मधेश प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम: कोशी र मधेश प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही ठाउँमा वर्षा र हिमपात हुने जनाएको छ। हाल कोशी प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ। अरु धेरै ठाउँमा भने मौसम सफा रहेको छ।

    यस्तै कोशी प्रदेश र मधेश प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै ठाउँहरू तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई ठाउँमा हिउँ पनि पर्न सक्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।