काठमाडौं– हङकङ मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा आइतबार भएको फाइनलमा नेपाल कुवेतसँग ३ रनको झिनो अन्तरले पराजित भएको छ।
कुवतेले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भयो। नेपालले लिग चरणमा कुवेत विरुद्ध टी२०आई कै ठूलो लक्ष्य पछ्याएर जित हात पारेको थियो। तर फाइनलमा भने कुवेतले नेपाल विरुद्ध बदला लियो।
अन्तिम ओभरमा नेपाललाई जितका लागि ११ रन आवश्यक थियो। कुवेतका अनुदिन चिन्थामारा बलिङ रग्न आएका थिए। पहिलो बलमै उनले नो बल फाले जसमा बसिरले छक्का हानेका थिए।
त्यसपछि नेपाललाई ६ बलमा ४ रन आवश्यक थियो। तर उनले लगातार दुई बल डट खेलेपछि तेस्रो बलमा आफैँ क्याच भएपछि नेपाललाई जिताउने अवसर गुमाए।
बसिरले ४३ बल खेल्दै ८ चौका र ४ छक्का मदतमा ८० रन बनाए। यस्तै नन्दनले १४ बलमा २ चौका र ४ छक्का मदतमा ३७ रन योगदान गरे। ओपनर बसिफ शेखले २१ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
ब्याटिङमा अराब सुरुवात गरेको ९२ रनमै ८ विकेट गुमाइसकेको थियो। तर बसिर र नन्दन यादवले नवौँ विकेटका लागि कीर्तिमानी ७२ रनको साझेदारी गर्दै नेपालको आशा कायम राखेका थिए। टी–२०आईमा नवौँ विकेटका लागि नेपालको यो अहिेसम्मकै उच्च साझेदारी हो भने पाँचौ उच्च साझेदारी हो। बेल्जियमका साबेर जाखिल र सक्लाइन अलीले सन् २०२१ मा अष्ट्रिया विरुद्ध नवौँ विकेटका लागि अविजित १३२ रनको साझेदारी गरेका थिए।
नेपालका ब्याटरहरुको लज्जादपद प्रदर्शनलाई छोप्दै बसिरले आक्रमक इनिङ्स खेलेका थिए। उनलाई नन्दन यादवले पनि गतिलो साथ दिँदा नेपालले अप्रत्यासित जित निकाल्ने सम्भावना बढेको थियो । तर नेपालले त्यसलाई सदुपयोग गर्न सकेन।
अन्तिममा फिनिसिङमा चुक्दा नेपालले उपाधि जित्ने राम्रो अवसर गुमायो।
कुवेतले ब्याटिङ र बलिङ दुवैमा सानदार सुरुवात गरेको थियो। नेपालले बलिङमा उत्कृष्ट पुनरागमन गरेपनि कुवेतले राम्रो लक्ष्य दिन सफल भएको थियो।
ब्याटिङमा खराब सुरुवात गरेको नेपालले पछि पुनरागमन पनि गरेको थियो तर पिनसिङमा चुक्यो।
नेपाललाई जितबाट रोक्न कुवेतका लागि बलिङमा कुवेतका लागि अनुदिपले सर्वाधिक ३ विकेट लिए। यस्तै यासिन पटेल र नभिनराज राजेन्द्रनले समान २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेठ गुमाएर १७४ रन बनाएको थियो।
कुवेतले ब्याटिङमा सानदार सुरुवात गरेपनि नेपाली बलरहरुले उत्कृष्ट कमब्याक गरेपछि स्कोरमा रोकियो। पावर प्लेमै ७१–१ रन बनाएको कुवेतले ९ ओभरमा १००–२ रन बनाएको थियो।
नेपालले टी२०आईमा पावर प्लेमा खर्चेको यो धेरै रन हो। यसअघि १९औं एसियन गेम्समा भारतले नेपाल विरुद्ध पावर प्लेमा ६३ रन जोडेको थियो।
कुवेतको आक्रमक सुरुवात गर्दै २०० रनमाथि स्कोर गर्ने संकेत गरेको थियो। तर नेपाली बलहरुले पुनरागमन गरेपछि कुवेतले अन्तिम ११ ओभरमा ७४ रन मात्र बनाउन सक्यो।
कुवेतका लागि ओपनर राजिभा सान्दारुवानले ३६ बल खेल्दै ६ चौका र ४ छक्का मदतमा सर्वाधिक ६३ रन बनाए। यस्तै अर्का ओपनर क्लिन्टो अन्टोले १४ बलमा २६ र उस्मान पटेलले १५ बलमा २३ रन जोडे। मिट भवसारले ८ बलमा १६ रन बनाए।
नेपालका लागि बलिङमा सोमपाल कामीले ४ ओभरमा २६ रन खर्चेर तथा नन्दन यावदले ४ ओभरमा ३४ रन खर्चेर समान २ विकेट लिए। करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए।