नेपाल राष्ट्र बैंकले आज ३० अर्ब तरलता खिच्दै - Chaitanya News
  • 2026-07-05
  • 19:49:11
  • आइतबार,आषाढ २१, २०८३
  • नेपाल राष्ट्र बैंकले आज ३० अर्ब तरलता खिच्दै

    नेपाल राष्ट्र बैंकले आज ३० अर्ब तरलता खिच्दै

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज आइतबार ३० अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको जनाएको छ।

    राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा खिच्दै आएको छ। सोही क्रममा आज पनि ३० अर्ब खिच्न लागेको हो।

    राष्ट्र बैंकले जारी गरेको सूचनामा निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज ३ बजे अनलाइन बोलकबोल गर्न सक्ने उल्लेख छ।

    निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ। यसको साँवा तथा ब्याज भुक्तानी आगामी २१ वैशाखमा हुनेछ।