चारदेशीय टी–२० आईमा कुवेतविरुद्ध पहिले बलिङ गर्दै नेपाल - Chaitanya News
  • 2026-06-06
  • 00:55:28
  • शुक्रबार,जेठ २२, २०८३
  • चारदेशीय टी–२० आईमा कुवेतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    चारदेशीय टी–२० आईमा कुवेतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौँ– हङकङमा जारी चारदेशीय टी–२० आई शृङ्खलाको उपाधिका लागि आज नेपाल र कुवेत खेल्ने भएका छन् । केही बेरअघि हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भएको टसमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ।

    शनिबार भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको थियो। शनिबार टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो। हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदै पानी परेपछि खेल अवरुद्ध भएको थियो। त्यसपछि दुवै टोलीले एकरएक अंक बाँडेका थिए। पाँच अंकका साथ नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो।

    नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। कुवेतले भने शनिबार बिहान भएको खेलमा कतारलाई ६ विकेटले हराउँदै ४ अंकसहित फाइनलमा पुगेको हो।