काठमाडौं– सरकार तथा समानुपातिकको विषयमा टुङ्गो लगाउन जनमत पार्टीले बैठक बोलाएको छ। कोटेश्वरस्थित तपोवन होटलमा सो बैठक बोलाएको जनमत पार्टीले जनाएको छ। समानुपातिक उम्मेदवारको टुङ्गो लगाउनेदेखि सरकारमा सहभागी, संगठन निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ।
जनमत पार्टीले प्रतिनिधि सभातर्फ समानुपातिकमा पाँच सिट पाएको छ। त्यसको बारेमा टुङ्गो लगाउन केन्द्रीय समितिको निर्णय हुनुपर्ने भएको हुनाले बैठक बोलाएको बताइएको छ। संघमा जनमत पार्टीले तीनजना महिला र दुई जना पुरुष पठाउन पाउनेछ।
जनमत पार्टीले सत्ता गठबन्धनलाई सरकार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ। तर जनता पार्टीले सशर्त सहयोग गर्ने भएको छ। ती शर्तहरु के के हुन् त्यसको बारे पनि केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ। जसपाका अध्यक्ष डा।सिके राउतले पनि सरकार निर्माणका लागि सरकारलाई सहयोग गर्ने सहमत भएको तर अन्य कुराहरु टुग्यांउन बाँकी रहेको भन्दै आएका छन्। ती विषयमा पनि आजको बैठकमा छलफल हुने जनमत पार्टीका एक नेताले बताए।
यो चुनावमा जनमत पार्टीलाई सहयोग गरेका मतदातालगायत सम्पूर्ण सरोकारवालालाई धन्यवाद पनि दिइने छ।