चारदेशीय टी– २० सिरिजको उपाधिका लागि आज कुवेतसँग नेपाल भिड्दै - Chaitanya News
  • 2026-06-06
  • 00:56:26
  • शुक्रबार,जेठ २२, २०८३
  • चारदेशीय टी– २० सिरिजको उपाधिका लागि आज कुवेतसँग नेपाल भिड्दै

    चारदेशीय टी– २० सिरिजको उपाधिका लागि आज कुवेतसँग नेपाल भिड्दै

    काठमाडौँ– हङकङमा जारी चारदेशीय टी–२० सिरिजको उपाधिका लागि आज (आइतबार) नेपाल कुवेतसँग भिड्ने भएको छ।

    हङकङको मङ कोकस्थित मिसन रोड ग्राउन्डमा बिहान सवा ११ बजे फाइनल खेल हुनेछ। हङकङ, कुवेत, कतार र नेपाल सम्मिलित सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको थियो।

    लिग चरणमा नेपालले कतारलाई ८ विकेटले र कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। शनिबार हङकङविरूद्धको खेल भने वर्षाका कारण रद्द भएपछि नेपाल शीर्षस्थानमा हुँदै फाइनल पुगेको थियो।

    नेपाली टिममा नेपाली टोली रोहित पौडेल ९कप्तान० आसिफ शेख, कुशल भुर्तेल, लोकेस बम, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्शनकुमार झा छन्।