प्रधानमन्त्री ओलीले भने: विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुपर्दैन - Chaitanya News
  • 2026-05-14
  • 05:57:35
  • बिहिबार,बैशाख ३१, २०८३
  • प्रधानमन्त्री ओलीले भने: विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुपर्दैन

    प्रधानमन्त्री ओलीले भने: विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुपर्दैन

    रुपन्देही– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनुनपर्ने बताएका छन्। आज (शुक्रबार) नेकपा (एमाले) ले रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै पर्नेमा जोड दिएका हुन् ।

    समस्याहरू छन् तर सडकमा गइरहनुपर्ने थिएन। म शिक्षकहरूलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहान्छु। तपाईँहरुले आफ्ना समस्या मात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ’, प्रधानमन्त्री ओलीको भनाइ थियो।

    अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट पारे।