कर्णालीका मुख्यमन्त्रीले गरे एक वर्षे उपलब्धि सार्वजनिक (विवरणसहित) - Chaitanya News
  • 2026-05-14
  • 05:57:36
  • बिहिबार,बैशाख ३१, २०८३
  • कर्णालीका मुख्यमन्त्रीले गरे एक वर्षे उपलब्धि सार्वजनिक (विवरणसहित)

    कर्णालीका मुख्यमन्त्रीले गरे एक वर्षे उपलब्धि सार्वजनिक (विवरणसहित)

    सुर्खेत– कर्णाली  प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै आफ्नो एक वर्षे कार्यकालमा कार्य सम्पादन गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्।

    ०८० चैत्र २७ गते नेकपा ९माओवादी केन्द्र० को समर्थनमा मुख्यमन्त्री बनेका थिए। अहिले उनलाई कांग्रेसको समर्थन छ भने माओवादी प्रतिपक्षमा छ।

    कँडेलले कार्यभार सम्हालेदेखि नै उपलब्ध संरचना, प्रणाली र जनशक्तिलाई प्रभावकारी रुपमा संयोजन गरेर कर्णालीवासीको विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशामा सबै सरोकार पक्षसँग सहकार्य गर्दै अगाडि बढेको बताए।

    ‘नयाँ नयाँ कार्यक्रम ल्याइने तर पूरा नहुने समस्यालाई सूक्ष्म विश्लेषण गर्दै प्रदेश सरकारबाट विगतमा सुरुवात गरिएका महत्त्वपूर्ण र रणनीतिक कार्यक्रमलाई आवश्यक सुधारसहित नतिजामूलक ढङ्गबाट कार्यान्वयन गर्न जोड दिएको छु,’ उनले भने।