काठमाडौँ– सरकारले हालसम्म ५२ प्रतिशत बजेट खर्च गरेको छ। बिहीबार राष्ट्रियसभा अन्तर्गको विकास आर्थिक मामिला तथा सुशासन समितिमा भएको छलफलमा अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले उक्त जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को कुल १८ खर्ब ६० अर्ब ६० करोड ३० लाख ३० हजार रहेकोमा करिब ९ महिनाको अवधिमा ९ खर्ब ७७ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबर बजेट खर्च भएको छ।
‘हालसम्म चालु वर्षको कुल बजेटको ५२।५७ प्रतिशत खर्च भएको छ ,’ उनले भने,’ उनले भने, ‘यसमध्ये, चालु खर्च तर्फ ६ खर्ब ६५ अर्ब ६३ करोड ५२ लाख अर्थात् ५८.६३ प्रतिशत भएको छ। र पुँजीगत खर्च ९८ अर्ब ८५ करोड ३० लाख२८.०३ प्रतिशत खर्च भएको छ।