काठमाडौँ– हङकङमा जारी चार देशीय टी–२० सिरिजमा नेपालले कुवेतलाई ६ विकेटले हराएको छ। ओपनर कुशल भुर्तेलको शानदार प्रदर्शनसँगै नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो। कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि दुवै ओपनरले अर्धशतकीय इनिङ खेले। कुशल भुर्तेल ८१ र आसिफ शेखले ५३ रन बनाए।
यस्तै दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पारी खेले। गुल्शन झा ९ र कप्तान रोहित पौडेल ४ रनमा अविजित रहे। कुशल मल्ले ४ रन मात्रै जोड्न सके।