काठमाडौँ– आज तीन वटा संसदीय समितिहरूको बैठक बस्ने भएको छ। जसअनुसार, बिहान १० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा चालु आर्थिक वर्ष २०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको ४९औँ बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ।
यर्सगरी।, बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको ५७औँ बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ।