भोलि पुरातत्त्व विभागको भ्रमण गर्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको निर्णय - Chaitanya News
  • 2026-11-16
  • 19:23:58
  • सोमबार,मंसिर ०१, २०८३
  • भोलि पुरातत्त्व विभागको भ्रमण गर्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको निर्णय

    भोलि पुरातत्त्व विभागको भ्रमण गर्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको निर्णय

    काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले पुरातत्त्व विभागको भ्रमण गर्ने भएको छ।

    आज (बुधवार) सिंहदरवारमा बसेको समिति बैठकमा समिति सचिव सञ्जय दाहालले भोलि (बिहीबार) समितिले पुरातत्त्व विभागको भ्रमण गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

    बिहान ११ बजे विभागको भ्रमण गर्ने र सम्पदा संरक्षणको विषय विभागका पदाधिकारीहरूसँग छलफल गरिने दाहालले जानकारी दिए।

    बैठकले समितिको वार्षिक कार्यतालिकाको समेत समीक्षा गरेको छ। समीक्षामा सहभागी सांसदहरूले समितिले गरेका निर्णय र उपसमितिका प्रतिवेदनहरू अभिलेखको रूपमा नराखिएकोमा समिति सभापतिको ध्यानाकर्षण गराएका छन्।