तेस्रो युथ ओडीआईमा नेपालले अफगानिस्तानलाई दियो मध्यम लक्ष्य - Chaitanya News
  • 2026-06-06
  • 00:55:29
  • शुक्रबार,जेठ २२, २०८३
  • तेस्रो युथ ओडीआईमा नेपालले अफगानिस्तानलाई दियो मध्यम लक्ष्य

    तेस्रो युथ ओडीआईमा नेपालले अफगानिस्तानलाई दियो मध्यम लक्ष्य

    काठमाडौं– काठमाडौंमा जारी युथ ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले अफगानिस्तान यु–१९ टोलीलाई मध्यम लक्ष्य दिएको छ ।मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.१ ओभरमा अलआउट भएर १९१ रन बनायो।

    नेपालका लागि साहिल पटेलले ४६ तथा निरज यादवले ४२ रन बनाए। पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरेको भएपनि त्यसपछि निरन्तर विकेट गुमाउँदा नेपाल ५० ओभर टिक्न सकेन। कप्तान नरेन भट्टले २२ रन मात्र बनाउन सके।

    अफगानिस्तानका हाफिज जाद्रानले चार विकेट लिए भने अब्दुल अजिज र जैतुल्लह साहिनले २–२ विकेट लिए ।