धनगढी- अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना हुने धनगढी चैतन्य हाफ म्याराथनको यस वर्षको प्रमुख प्रायोजक चैतन्य पाठशाला रहने भएको छ। २०७२ सालदेखि निरन्तर हुँदै आएको यस म्याराथनको एघारौँ संस्करण नयाँ वर्ष २०८२ को वैशाख १ गते आयोजना हुने भएको छ।
मुख्य प्रायोजकको रूपमा चैतन्य पाठशालाले पहिलो पुरस्कार रू ७५०००० /-सहित एक हजार टिसर्ट वितरण गर्ने जिम्मेवारी पनि लिएको छ। प्रतियोगितामा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। दौड धनगढी चौराहादेखि सुरु गेटा मेडिकल कलेज मनेहरा पुल भई भई पुनः चौराहामै सम्पन्न हुने आयोजकले जनाएको छ । महिला तथा कर्पोरेट र सञ्चारको लागि छुट्टै ५ किलोमिटरको दौड प्रतियोगिता पनि आयोजना गरिनेछ, जसमा विजेताले ७ हजार ५ सय, दोस्रोले ५ हजार र तेस्रोले २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन्।
धनगढी जेसिसले २०७४ सालदेखि नयाँ वर्षको अवसरमा धनगढीको समग्र विकासलाई लक्षित यो वर्ष ‘ चैतन्य अव धनगढी दौडिन्छ’ भन्ने नाराका साथ यो म्याराथन प्रतियोगिता आयोजना हुनेछ ।
धनगढी जेसिसले आयोजना गर्दै गरेको यो कार्यक्रम रूपमा सकारात्मक सन्देश दिने कार्यक्रम रहेको र चैतन्य पाठशालाले सामाजिक दायित्व अन्तर्गत विभिन्न सेवा क्षेत्रमा सहयोग गर्दै आएकाले यो कार्यक्रममा समेत पाठशालाले मुख्य प्रायोजनको भूमिका निर्वाह गरेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताउनुभएको छ।
उहाँले भन्नुभयो पछिल्लो समय समाजमा विभिन्न निराशा बढ्दै गएको अवस्थामा यो कार्यक्रमले केही हदसम्म भए पनि सकारात्मक सन्देश दिने विश्वास गरेको छु। र आगामी दिनमा युवा नेतृत्व,समाजसेव तथा संस्कृति- प्रकृतिको क्षेत्रमा चैतन्यले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत चैतन्यका अध्यक्ष जोशीले व्यक्त गर्नु भयो ।