काठमाडौं– सरकारले पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक गरेको छ। हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज (मंगलबार) सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत, बौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्ति लगायतका निर्णय भएको छ।त्यस्तै, वरिष्ठ पत्रकार एवं लेखक भैरव रिसालको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली मन्त्रिपरिषद्ले व्यक्त गरेको छ।
![]()
![]()