‘चीन र भारत दुवैसँग राम्रो सम्बन्ध छ’ : प्रधानमन्त्री ओली - Chaitanya News
  • 2026-05-15
  • 10:17:33
  • शुक्रबार,जेठ ०१, २०८३
  • ‘चीन र भारत दुवैसँग राम्रो सम्बन्ध छ’ : प्रधानमन्त्री ओली

    ‘चीन र भारत दुवैसँग राम्रो सम्बन्ध छ’ : प्रधानमन्त्री ओली

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै छिमेकी मुलुकसँग राम्रो सम्बन्ध रहेको दाबी गरेका छन्।आज (मंगलबार) मधेश प्रदेशसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले छिमेकी मुलुकसँग सम्बन्ध बिग्रियो भनेर चलेको हल्लामा कुनै सत्यता नभएको जिकिर समेत गरे।

    उनले भने, हाम्रा दुइटा छिमेकी मित्रहरू छन्, दुवैसँग सुमधुर सम्बन्ध छ। हल्ला गरिरहन्छन्, यहाँ सम्बन्ध बिग्रियो भनेर कहाँ बिग्रियो ? सम्बन्ध सँगै सुतेकैले हो खुट्टा बोकाउने अर्को बेडमा सुतेकाले खुट्टा बोलाउँदैन नि, खुट्टो बोकाए हटाउन भन्नुपर्‍यो कुरा सकियो। अब छिमेकमै भएपछि गाई फुकेर बाली खाइदिन्छन्, टाढाको खान्छ र ? त्यसैले छिमेकमा कहिलेकाहीँ सानातिना समस्या आउन सक्छन्, कुरा गर्नुपर्छ। दुवै छिमेकीसँग राम्रो सम्बन्ध छ।

    उनले खुला सिमानाका नाममा बेठिक गतिविधि भने दुवै तर्फबाट रोक्नुपर्ने बताए। यसैगरी उनले अरु पार्टीसँग पनि छलफल गरेर संविधान संशोधन गर्ने बताए।