काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताएका छन्। आज (मंगलबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले उस्तो बताएका हुन् ।
यस्तै उनले औचित्यहीन राजतन्त्र पुनस्स्थापना नहुने समेत बताए । “औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ”, पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको स्पष्ट गर्दै उनले भने।
फरक प्रसंगमा नेता नेपालले संविधान संशोधन आवश्यक भएको बताए । साथै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट गरे।