काठमाडौँ– आज (मंगलबार) बिहान ११ बजे संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।
बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा ५६ औँ समितिको बैठक बस्न लागेको छ। बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूची रहेको छ।