काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको सामरिक स्वार्थको सैन्य गठबन्धनमा सामेल नहुने बताएका छन्। आज (सोमवार) काठमाडौंमा आयोजित हिमालयन संवादमा बोल्दै उनले यस्तो बताएका हुन् ।
यस्तै उनले नेपाल विश्व शान्तिको पक्षमा रहेकाले कसैको लडाइँ झगडामा सामेल नहुने प्रष्ट नीति रहेको बताए । उनले भूराजनीतिको चपेटामा परेर ठूलाले जे भन्यो त्यही मान्ने पक्षमा नेपाल नरहेको बताए। राष्ट्रिय हित र अन्तर्राष्ट्रिय उत्तरदायित्व र जवाफदेखितालाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताए। उनले नेपाल दुई ठूला छिमेकी देशको बीचमा रहेकाले दुवै मित्रराष्ट्रसँग बराबरको सम्बन्ध कायम गर्नुपर्ने बताए।