प्रधानमन्त्री ओलीले भने: शिक्षकका जायज माग सम्बोधन गर्न तयार छौँ - Chaitanya News
  • 2026-07-17
  • 08:31:29
  • शुक्रबार,साउन ०१, २०८३
  • प्रधानमन्त्री ओलीले भने: शिक्षकका जायज माग सम्बोधन गर्न तयार छौँ

    प्रधानमन्त्री ओलीले भने: शिक्षकका जायज माग सम्बोधन गर्न तयार छौँ

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका जायज माग सम्बोधन गर्न तयार भएको बताएका छन् । आज (सोमबार) काठमाडौँमा भएको ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले सङ्क्रमणकालीन अवस्था अझै पार भैनसकेको बताए ।

    ‘सङ्क्रमणकालीन अवस्था अझै पार भैसकेको छैन भन्ने कुरा पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भनिराख्या छ हामी सुनिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यो एउटा प्रमाण हो।

    पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ का अवसरमा दिएको अभिव्यक्तितर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले अरू केही प्रवृत्ति पनि रहेको बताए।

    ‘त्यस्ता प्रवृत्तिहरू। ती पनि छ्यालब्याल पोखिने गरेका छन्। मौसम त्यस्तो हुँदोरहेछ। अलि ठुलो हावा चल्यो भने बलियो रुख त रहला तर हाँगाबिँगा हावासँगै ढल्किन्छन्।

    उनले अहिले शिक्षक आन्दोलन चलिरहेको भन्दै किन चलाएको हो ? भनेर प्रश्न समेत गरे। ‘अहिले शिक्षक आन्दोलन चल्या छ। किन चलाउनुभएको हो शिक्षक साथीहरूले ? मलाई थाहा छैन। म प्रधानमन्त्री छु, भनिराखेको छु। जायज मागहरू लिएर कोही आउँदाखेरि आन्दोलन गरिरहनुपर्दैन हामी त्यसको समाधान दिन्छौ’, ओलीले भने, ‘हामी त्यसलाई सम्बोधन गर्न तयार छौ। दुःख पाउनुपर्दैन, सडकमा गएर सुत्नै पर्दैन भनिराखेका छौ उहाँहरूले किन दुःख पाउनुभएको हो ?

    उनले हत्या हिंसा, तोडफोड जस्ता प्रवृत्ति पनि देखिएको भन्दै हातमा कागज लिएर संविधानप्रति कसम खाएकाले पनि संसदमा आएर यहीं संविधान मान्दिन भन्ने गरेको बताए । ‘कत्रो विरोधाभास छ, इमानको कत्रो खडेरी छ। कति सारो खडेरी हो। यसले संक्रमणकालमै छौ भन्ने हो’, प्रधानमन्त्रीको भनाइ छ।