हङकङमा सुरु हुने टी–२०आई प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ - Chaitanya News
  • 2026-06-06
  • 00:55:47
  • शुक्रबार,जेठ २२, २०८३
  • हङकङमा सुरु हुने टी–२०आई प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

    हङकङमा सुरु हुने टी–२०आई प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

    काठमाडौं– ९ अप्रिल देखि १३ अप्रिलसम्म हङकङमा सुरु हुने टी–२०आई प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ। आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरिएको हो।

    बिदाइ कार्यक्रममा बोल्दै कप्तान रोहित पौडेलले तयारी राम्रो भइरहेको उल्लेख गर्दै सक्दो राम्रो खेलेर जितेर फर्कने बताए। ‘अहिले टिमको रूपमा निकै सन्तुलित छ जस्तो लाग्छ, केहीले कम्ब्याक पनि गर्नुभाको छ, विश्वकपका लागि राम्रो तयारी हुन्छ, राम्रो खेल्ने छौं,’ रोहितले भने।

    त्यस्तै यस शृंखलाका लागि नेपालको प्रशिक्षक रहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अभ्यास राम्रो भएको र आगामी महत्त्वपूर्ण खेलका लागि राम्रो तयारी हुने बताए।

    आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी हुने यस प्रतियोगितामा सबै टोलीले एकअर्कासँग १–१ खेल खेलेपछि चार टिममध्ये शीर्ष २ टोली फाइनल खेल्नेछन्।

    यस शृंखलाका लागि कप्तान रोहित पौडेलको कप्तानीमा टोली घोषणा भएको छ जसमा केही खेलाडीले पुनरागमन पनि गरेका छन्।