काठमाडौँ– आज (सोमबार) संघीय संसद् अन्तर्गत तीन संसदीय समितिको बैठक बस्ने भएको छ। जसअन्तर्गत बिहान १० बजे बस्ने कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमन बारे छलफल गर्ने कार्यसूची छ।
यस्तै, बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ।
त्यसैगरी, दिउँसो ३ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०–८१को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।