नेपाल यू–१९ लाई अफगानिस्तान यू–१९ ले दियो १६९ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-06
  • 00:56:25
  • शुक्रबार,जेठ २२, २०८३
  • नेपाल यू–१९ लाई अफगानिस्तान यू–१९ ले दियो १६९ रनको लक्ष्य

    नेपाल यू–१९ लाई अफगानिस्तान यू–१९ ले दियो १६९ रनको लक्ष्य

    काठमाडौँ– नेपाल यू–१९ लाई अफगानिस्तान यू–१९ ले १६९ रनको लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू–१९ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो।

    अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए। उनले ११४ बल खेल्ने क्रममा एक चौका प्रहार गरे। साथै ओपनरद्वय उजैरुल्लाह नियाजाईले १९ र खालिद अहमदजाईले १० रन बनाए। उसका लागि रोहुल्ला अरबले २७ रन बनाउँदा फैजल खान सिनोजादा र बर्खत इब्राहिमजाई शून्य रनमा आउट भए। नाजिफुल्लाह अमिरीले १६, जाइतुल्लाह शाहिनले २, खातिर स्तानिकजाईल ११ रन, वाहिदुल्लाह जार्दानले ८ र हफिजुल्लाह जार्दानले ५ रनको योगदान दिए।

    नेपालका लागि सन्तोष यादवले तीन, चिवरिन श्रेष्ठ र विपिन शर्माले दुई–दुई विकेट लिए। साथै अभिषेक तिवारी र अपराजित पौडेलले एक–एक विकेट लिए।

    यू–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारी स्वरूप नेपाल र अफगानिस्तानबीच अभ्यास खेल्न भइरहेको हो। यसअघि बिहीवार भएको पहिलो अभ्यास खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो।