प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेट, के–के भए कुरा ? - Chaitanya News
  • 2026-05-15
  • 10:18:06
  • शुक्रबार,जेठ ०१, २०८३
  • प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेट, के–के भए कुरा ?

    प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेट, के–के भए कुरा ?

    बैङकक– प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेट भएको छ।

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको बताइएको छ।