गृहमन्त्री लेखकले भने: निरङ्कुशता थोपर्ने र व्यवस्था उल्ट्याउने कार्य सरकारलाई स्वीकार्य छैन - Chaitanya News
  • 2026-05-15
  • 10:16:46
  • शुक्रबार,जेठ ०१, २०८३
  • गृहमन्त्री लेखकले भने: निरङ्कुशता थोपर्ने र व्यवस्था उल्ट्याउने कार्य सरकारलाई स्वीकार्य छैन

    गृहमन्त्री लेखकले भने: निरङ्कुशता थोपर्ने र व्यवस्था उल्ट्याउने कार्य सरकारलाई स्वीकार्य छैन

    काठमाडौँ– गृहमन्त्री रमेश लेखकले वर्तमान व्यवस्था उल्ट्याउने र निरङ्कुशता थोपर्ने काम सरकारलाई स्वीकार्य नहुने बताएका छन् ।

    आज (शुक्रबार) प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा चैत १५ गते राजावादीहरूले तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनबारे जानकारी गराउँदै सरकार हिंसात्मक गतिविधि हेरेर नबस्ने बताएका हुन्।

    ‘सरकारलाई वर्तमान व्यवस्था उल्ट्याउने र निरङ्कुशता थोपर्ने काम स्वीकार्य छैन। यस्ता गतिविधि गर्ने कार्य गर्न सरकारले दिँदैन,’ गृहमन्त्री लेखकले भने, ‘संविधान च्यात्ने र हिंसात्मक गतिविधिलाई हामी हेरेर बस्दैनौँ।