काठमाडौँ– आज (शुक्रबार) अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समिति गरी तिन संसदीय समितिका वटा बैठक बस्ने तय भएको छ ।
बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा काठमाडौँको तीनकुनेमा यही चैत १५ गतेको घटनाका सम्बन्धमा गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने कार्यसूची छ।
यस्तै, अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ। बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको छ।
यस्तैगरी, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ।