सरकारलाई शिक्षक महासंघले भन्यो: वार्ताको औचित्य छैन, ऐन जारी गरियोस् - Chaitanya News
  • 2026-07-17
  • 08:31:29
  • शुक्रबार,साउन ०१, २०८३
  • सरकारलाई शिक्षक महासंघले भन्यो: वार्ताको औचित्य छैन, ऐन जारी गरियोस्

    सरकारलाई शिक्षक महासंघले भन्यो: वार्ताको औचित्य छैन, ऐन जारी गरियोस्

    काठमाडौ– आन्दोलनरत शिक्षक महासंघले सरकारले बोलाएको वार्ताको औचित्यहीन रहेको प्रतिक्रिया दिएको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई बिहीबार वार्ताका लागि आह्वान गरेको छ।

    ‘पहिले नै वार्तामा बसेर सहमति भइसकेको छ । फेरि वार्ता र सहमति आवश्यक छैन,’ महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले भने, ‘ऐन जारी गर्ने भएमात्र मन्त्रालय जान्छौं। सहमति र छलफलको आवश्यक छैन।

    शिक्षा ऐन जारी गर्न माग गर्दै २ महिनादेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन्। बुधबारदेखि भने अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन गरिरहेका छन्।

    यसअघि २०८० असोज ५ मा सरकारसँग ६ बुँदे सहमति भइ सकेको छ। सो सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका हुन्।