काठमाडौँ– जल तथा मौसम विभाग महाशाखाले हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली भएको छ ।
यस्तै आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका अधिकांश भू–भागहरूमा तापक्रम वृद्धि हुँदै जाने सम्भावना छ। वर्षाको सम्भावना कम रहेकोले सुख्खापन, आगोलागी तथा वायू प्रदूषण बढ्दै जाने सम्भावना छ। यसैले स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ।