जनतामा आक्रोश छ, ०८४ पछि देउवा, ओली र ‘प्रचण्ड’ले नेतृत्व छाड्नुपर्छ : विश्वप्रकाश शर्मा - Chaitanya News
  • 2026-05-15
  • 11:10:25
  • शुक्रबार,जेठ ०१, २०८३
  • जनतामा आक्रोश छ, ०८४ पछि देउवा, ओली र ‘प्रचण्ड’ले नेतृत्व छाड्नुपर्छ : विश्वप्रकाश शर्मा

    जनतामा आक्रोश छ, ०८४ पछि देउवा, ओली र ‘प्रचण्ड’ले नेतृत्व छाड्नुपर्छ : विश्वप्रकाश शर्मा

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनाको छानबिन गर्नको लागि सरकारले न्यायिक छानिबन समिति बनाउनुपर्ने बताएका छन्। आज (बुधबार) राज्यव्यवस्था परामर्श समितिको बैठकपछि पत्रकारहरुसँग कुराकानी उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘यत्रो घटना भएको छ, त्यसैले यसको छानबिन गर्नको लागि न्यायिक समिति आवश्यक छ। यो कसको उक्साहटमा भएको छ। राजनीतिक दलहरूले भन्ने टिप्पणी एउटा कुरा हो। सरकारले भन्ने कुरा एउटा हो। तर, न्यायिक समितिले त यसको उक्साहटको पछाडि को छ रु गलत ढंगले कसरी प्रयोग गरिरहेको छ। फिल्डमा कुन प्रकारको घटना भइरहेको छ। त्यसैले यो विषय भयो सकियो होइन गम्भीरतापूर्वक लिएर छानबिन अनुसन्धान गर्नुपर्छ।’

    उनले तीनकुने घटनामा सरकारको पनि कमजोरी भएको बताए। उनले भने, ‘चार हजार मात्रै मानिस भएको भन्ने राज्यको बुझाइ हो। चार हजारको भिडलाई पनि राम्रो नियन्त्रण गर्न नसकेको देखिन्छ। त्यसमा पनि सरकारले पनि गम्भीर समीक्षा गर्नुपर्छ।’

    उनले सरकार र नेतृत्वप्रति चर्को असन्तुष्टि रहे पनि विकल्प राजसंस्था नभएको बताए।

    उनले थपे, ‘मैले त हाम्रो सभापतिलाई अब प्रधानमन्त्री बन्नुहुन्न भनिरहेको छु। ०८४ पछि तीन वटै नेताहरूले (देउवा, ओली र ‘प्रचण्ड’०ले नेतृत्व गर्ने होइन। उहाँहरुपछिकाले नेतृत्व गर्ने भन्ने दावा गरिरहेका छौँ नि तर राजालाई हामीले त्यसरी सक्दैनौँ। त्यसैले अहिले असन्तुष्टि, सरकारको कमजोरीको बारेमा पनि छलफल गर्नुपर्छ।’