Chaitanyakhabar
काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक गरेको छ। आज (मंगलबार) सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै चैत १५ र १८ गतेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक गरेका हुन्।
अहंकार शून्य भएपछि देखिने सुखको संसार
इन्धनको बजार मूल्यमा आएको गिरावटपछि अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा घट्यो
‘ देशभित्रै रोजगारीका अवसर विस्तार गर्नु सरकारको प्राथमिकता’ : मन्त्री यादव
डिजिटल विज्ञापनदेखि ‘डिपफेक’सम्म सरकारको निगरानी, राष्ट्रिय विज्ञापन नीति–२०८३ मन्त्रिपरिषद्बाट स्वीकृत
तोमनाथ उप्रेती: नम्रता कमजोर हुनु होइन। नम्रता हार मान्नु पनि होइन। नम्रता भनेको आत्माको परिपक्व अवस्था हो। जहाँ मानिसलाई आफ्नो सीमितता स्वीकार गर्न डर लाग्दैन। जहाँ ऊ अरूको अस्तित्वलाई सम्मान गर्न सिक्छ। जहाँ ऊ “म मात्र सही हुँ” भन्ने भ्रमबाट मुक्त हुन्छ।जब यो अवस्था आउँछ, तब जीवनको स्वरूप बदलिन्छ। पहिले जहाँ द्वन्द्व थियो, त्यहाँ संवाद…
काठमाडौँ– इन्धनको बजार मूल्यमा आएको गिरावटपछि सरकारले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दर घटाएको छ। यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारी साधनको भाडा २ प्रतिशतले घटाइएको जनाएको हो। विभागका अनुसार अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा निर्धारणमा प्रयोग हुने वैज्ञानिक स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढे…
काठमाडौँ– युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउँदै देशभित्रै रोजगारीका अवसर विस्तार गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। आज (बिहीवार) मन्त्रालयमा आयोजित कार्यक्रममा उनले स्वदेश फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड्ने तथा युवा उद्यमी र व्यवसायीलाई सहजीकरण गर्ने दिशामा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै…
काठमाडौँ– मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सरकारले आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुद मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकले गरेका विभिन्न प्रशासनिक, नीतिगत तथा कानुनी निर्णय सार्वजनिक गरेका हुन्। सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० को सरुवा गर्ने निर्णय गरेको…
काठमाडौँ– राष्ट्रिय सभाले विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको समूहगत छलफल सम्पन्न गरेको छ। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा युवा, श्रम तथा रोजगार, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला र सामान्य प्रशासन, महिला, बालबालिका, लैंगीक तथा यौनिक…
काठमाडौँ– सरकारले कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावलीलाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।