सामान्य प्रशासन मन्त्रालयद्धारा डेढ दर्जन प्रमुख प्रशासकीय अधिकृतसहित अढाई दर्जन उपसचिवको सरुवा - Chaitanya News
  • 2026-08-23
  • 09:58:53
  • आइतबार,भाद्र ०७, २०८३
  • सामान्य प्रशासन मन्त्रालयद्धारा डेढ दर्जन प्रमुख प्रशासकीय अधिकृतसहित अढाई दर्जन उपसचिवको सरुवा

    सामान्य प्रशासन मन्त्रालयद्धारा डेढ दर्जन प्रमुख प्रशासकीय अधिकृतसहित अढाई दर्जन उपसचिवको सरुवा

    काठमाडौँ– ३० बढी उपसचिवहरूको सरुवा भएको छ। जसमध्ये १५ बढी प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । सरुवा भएका उपसचिवहरूमध्ये आधा दर्जन जति उपसचिवहरू गृहतिर पसेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही मिलानसहित व्यवस्थापन गरिएका उपसचिवहरूको सरुवा सुची गोप्य राखिएको उपसचिवहरूले जानकारी दिएका छन्।

    यस्तै, आधा दर्जन बढी शाखा अधिकृतहरूको पनि सरुवा गरिएको छ।

    दुई दिन अघि मात्रै १० उपसचिवसहित २५ जना शाखा अधिकृतहरूको सरुवा गरिएको थियो।

    यसैबीच उपत्यकालगायत केही महत्त्वपूर्ण स्थानका प्रमुख प्रशासकीय अधिकृतहरू पनि फेरिएका छन्। स्थानीय जनप्रतिनिधिको रोजाई र मन्त्री राजकुमार गुप्ताको मन चाहमा भई रहेका कतिपय सरुवाहरू गुपचुपमै चलिरहेको कर्मचारीहरूको भनाई छ।