काठमाडौँ– संघीय संसद्को हिउँदे अधिवेशन हिजो (शुक्रबार) मध्यरातिदेखि अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरेका छन्। नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन्।
मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ ०० बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
संसदको हिउँदे अधिवेशन गत माघ १८ बाट सुरु भएको थियो।