आज ११ बजे प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची - Chaitanya News
  • 2026-05-15
  • 11:21:47
  • शुक्रबार,जेठ ०१, २०८३
  • आज ११ बजे प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

    आज ११ बजे प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

    काठमाडौँ– आज (मंगलबार) बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।

    त्यस्तै, आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैगरी, उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले पूर्वाधार विकास समितिको प्रतिवेदन सहितको जलस्रोत विधेयक २०८१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।