राष्ट्रिय सभाबाट ५ वटा विधेयक पारित - Chaitanya News
  • 2026-05-15
  • 11:23:48
  • शुक्रबार,जेठ ०१, २०८३
  • राष्ट्रिय सभाबाट ५ वटा विधेयक पारित

    राष्ट्रिय सभाबाट ५ वटा विधेयक पारित

    काठमाडौं– राष्ट्रिय सभाबाट ५ वटा विधेयक पारित भएको छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकले दफावार छलफलसहित पाँच वटै विधेयक क्रमशः पारित गरेको हो।

    ती विधेयक हुन्– सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक। यी दुई विधेयक सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गरेका थिए।

    बाँकी तीन वटा विधेयक अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको हो।