प्रतिनिधि सभाबाट संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित - Chaitanya News
  • 2026-05-15
  • 11:24:40
  • शुक्रबार,जेठ ०१, २०८३
  • प्रतिनिधि सभाबाट संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित

    प्रतिनिधि सभाबाट संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित

    काठमाडौँ– प्रतिनिधि सभाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले पारित गरेको छ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आज सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन)विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए।

    विधेयक पारित भएसँगै संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि मार्ग प्रशस्त भएको छ।