संविधानको रक्षा गर्ने पक्षमा हो कि विपक्षमा ? भन्दै माओवादीलाई गरे सांसद भट्टराईले प्रश्न - Chaitanya News
  • 2026-05-15
  • 11:22:37
  • शुक्रबार,जेठ ०१, २०८३
  • संविधानको रक्षा गर्ने पक्षमा हो कि विपक्षमा ? भन्दै माओवादीलाई गरे सांसद भट्टराईले प्रश्न

    संविधानको रक्षा गर्ने पक्षमा हो कि विपक्षमा ? भन्दै माओवादीलाई गरे सांसद भट्टराईले प्रश्न

    काठमाडौँ– नेकपा एमालेका सांसद योगेश भट्टराईले नेकपा माओवादी केन्द्रलाई संविधानको रक्षा गर्ने पक्षमा हो कि विपक्षमा ? भनेर प्रश्न गरेका छन्।

    संसदमा विपक्षी दलले उठाएका विषय लगायत पछिल्ला विकसित घटनाक्रमका बारेमा प्रधानमन्त्रीले संसदमा बोल्ने जानकारी दिँदादिँदै संसद बैठक अवरोध गरेको भन्दै भट्टराईले माओवादीलाई यस्तो प्रश्न गरेका हुन्।

    आजको राष्ट्रिय सभा बैठक रोकिएपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् “आज समय सीमाका रूपमा राष्ट्रिय सभाबाट प्रतिस्थापन विधेयक पारित हुनै पर्ने बाध्यात्मक अवस्था छ। यसलाई रोकेर माओवादी पार्टीले संविधान र कानुन विहीनताको अवस्था सिर्जना गर्न खोजको हो ? माओवादी पार्टी यो संविधानको रक्षा गर्ने पक्षमा छ की छैन ?।