काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिएका छन्। अध्यक्ष प्रचण्डले नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न आग्रह गरेका छन्।
‘नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस्। विगतमा उनले धेरै गल्ती गरे,’ प्रचण्डले भने, ‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन्। अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन। खबरदार।’