पम्फा भुसालले भनीन् : एमाले कांग्रेस नेतृत्वको सरकार भ्रष्टाचारीको संरक्षक - Chaitanya News
  • 2026-05-15
  • 12:20:52
  • शुक्रबार,जेठ ०१, २०८३
  • पम्फा भुसालले भनीन् : एमाले कांग्रेस नेतृत्वको सरकार भ्रष्टाचारीको संरक्षक

    पम्फा भुसालले भनीन् : एमाले कांग्रेस नेतृत्वको सरकार भ्रष्टाचारीको संरक्षक

    काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले एमाले कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारी र कालाबजारीलाई संरक्षण गरेको बताएकी छन्। भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटी मण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । यस्तै उनले वर्तमान सरकारले भ्रष्टाचारी र कालो बजारीयालाई संरक्षण र संविधान कार्यान्वयनको विपक्षमा गतिविधि गरिरहेको बताएकी हुन्।

    अहिले मन्त्रीहरू विभागमा कार्यालय खोल्छन्, माफियाहरू मन्त्रालय चलाउँछन्’, भुसालले भनिन्, ‘सरकार आफ्नो गतिविधि सच्चाउ।’ उनले सरकारको काम कारबाहीबाट जनता आक्रोशित बनेको र यही रवैयाका कारण यतिवेला मुलुकमा पूर्व दरवारीया र पूर्व पञ्चहरू सल्वलाउन पुगेको बताइन्।

    नेतृ भुसालले लाखौँ नेपाली जनताको बलिदानबाट प्राप्त गणतन्त्र र संविधानविपरित राजतन्त्र फर्कने र जनता रैती बन्न तयार नरहेको दाबी गरिन्। उनले पूर्वराजालाई दल खोलेर राजनीतिमा आउन चुनौती समेत दिइन्।