रत्नपार्क अघि बढ्यो समाजवादी मोर्चाको जुलुस - Chaitanya News
  • 2026-05-15
  • 12:20:22
  • शुक्रबार,जेठ ०१, २०८३
  • रत्नपार्क अघि बढ्यो समाजवादी मोर्चाको जुलुस

    रत्नपार्क अघि बढ्यो समाजवादी मोर्चाको जुलुस

    काठमाडौँ– भृकुटीमण्डप पुग्नुअघि समाजवादी मोर्चाले झाँकीसहित जुलुस निकालेको । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा–रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको हो।

    समाजवादी मोर्चाका नेता–कार्यकर्ताहरू अहिले सभास्थल भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन्। अन्य रुटबाट पनि मोर्चाका नेता कार्यकर्ताहरू आउने क्रम जारी छ।

    मोर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरूले जुलुसको नेतृत्व गरेका छन्।

    सभास्थलमा पुगेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।