सरकारीमा पीजी भर्ना प्रक्रिया अगाडि बढ्यो, निजीको म्याचिङ नै रोकियो - Chaitanya News
  • 2026-07-17
  • 01:53:15
  • बिहिबार,आषाढ ३२, २०८३
  • सरकारीमा पीजी भर्ना प्रक्रिया अगाडि बढ्यो, निजीको म्याचिङ नै रोकियो

    सरकारीमा पीजी भर्ना प्रक्रिया अगाडि बढ्यो, निजीको म्याचिङ नै रोकियो

    काठमाडौं– स्नातकोत्तर तहमा चिकित्सा शिक्षा (पीजी) अध्ययनका लागि सरकारी मेडिकल कलेजको मात्रै ‘म्याचिङ’ सूची प्रकाशित गरेको छ।

    निजी मेडिकल कलेजले चिकित्सा शिक्षा स्नातकोत्तर तहका अध्ययनरत विद्यार्थीलाई नेपाल सरकारको ८औं तहका अधिकृतसरहको तलब दिन अस्वीकार गरेपछि आयोगले सरकारी मेडिकल कलेजलाई मात्र समावेश गरी म्याचिङको सूचना प्रकाशित भएको हो।

    आयोगले आगामी शैक्षिक सत्रका लागि सरकारी मेडिकल कलेजमा १२६८ सिट तोकिएको छ। यस्तै निजी मेडिकल कलेजको ८१८ सिट तोकिएको छ।

    आयोगले मेरिट लिस्टअनुसार सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान तथा कलेजमा म्याचिङसहित भर्ना सूची प्रकाशन गरिरहेको छ। सरकारले सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान तथा कलेज पीजी निःशुल्क पढाउने गरेको छ।