काठमाडौँ– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वपीडितलाई न्याय दिलाउन तत्पर रहेको बताएका छन् । आज (बिहीबार) संक्रमणकालीन न्यायसम्बन्धी सम्मेलनमा बोल्दै उनले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको छानबिनमार्फत सत्य तथ्य उजागर गरी न्याय दिलाउन काँग्रेस सुरुदेखि नै प्रतिबद्ध रहिआएको बताएका हुन् ।
यस्तै उनले पीडितलाई न्याय दिने कुरामा कुनै दुई मत नरहेकाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको समेत बताए।
देउवाले भने, ‘द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको छानबिन मार्फत सत्य तथ्य उजागर गरी न्याय दिलाउन नेपाली काँग्रेस सुरुदेखि नै प्रतिबद्ध रहिआएको छ।’